बागलुङ- निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरभित्र सुतिरहेको बेलामा चट्याङ लागेर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेको वताए ।
बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ।
चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ। बुढाकी सासू र दुई वर्षीया छोरी भने सकुशल रहेको जनाइएको छ।