२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

लेकसिटी कलेजको संचालक समितिको अध्यक्षमा पुनः प्राडा पराजुली

लेकसिटी कलेजको संचालक समितिको अध्यक्षमा पुनः प्राडा पराजुली

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • पोखरा-गण्डकी प्रदेशको सदरमुकाम पोखराको प्रसिद्ध लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समितिको अध्यक्षमा पुनः प्रा. डा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । यसैैगरी समितिको सदस्यहरुमा डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायण कुमार श्रेष्ठ चयन भएका छन । 
    पोखरा महानगरपालिका ४ गैहपाटनस्थित लेकसिटी कलेज संचालक समितिका संस्थापक अध्यक्ष  गेहेन्द्रेश्वर कोइराला र वर्तमान अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले संयूक्त रुपमा व्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।  संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाले कलेजले पढाइसँगै  सामाजिक कार्यमा पनि अगाडि बढेकोमा खुशी व्यक्त गरे । उनले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यासमा पनि जोड दिन कलेजलाई आग्रह गरे । 
    विद्यार्थीहरुलाई हरेक वर्ष सामाजिक कार्य  दिवस  र प्रेस स्वतन्त्रता दिवसको दिन प्रत्यक्ष सहभागी गराए कार्यक्रम गरिने क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठले जानकारी दिए ।  स्वदेश तथा विदेशमा लामो समय सम्म पत्रकारिता गरिरहेका पत्रकार र कलेजका विद्यार्थीहरुविच अन्तरक्रिया कार्यक्रम गरिने प्रमुख श्रेष्ठले भने । कलेजमा अध्ययनरत विद्यार्थीहरुवाट कम्तिमा २० जना विद्यार्थीहरुलाई अनुसन्धान कार्यमा सहभागी गराईने उनले जानकारी दिए । 
    पोखरामा मिडिया क्षेत्रमा आवद्ध सवैलाई सहभागी गराईने उद्देश्यलले वर्षमा एक पल्ट मिडिया सम्मेलन कार्यक्रम गरिने उनले भने । विद्यार्थी र अभिभावकहरुको सवै भन्दा रुचीमा रहेको कार्निभल कार्यक्रमलाई निरन्तरता दिइने श्रेष्ठको जोड छ । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितिका सदस्य एवं मनविकी संकायका संयोजक उपेन्द्र पौडेलले स्वागत र संचालन  सदस्य शोभाकान्त सिग्देलले गरेका थिए । क्याम्पस प्रमुख तथा सदस्य सचिव नारायण कुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति विवरण पारित भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend