बागलुङ-सुत्केरी व्यथा लागेपछि रक्तचाप बढेर ज्यान जोखिममा परेकी तमानखोला गाउँपालिाका १, बोंगादोभानकी २० बर्षिया सुनिला विकको हेलिकप्टरवाट उद्धार गर्रिएको छ ।
शनिबार साँझ सुत्केरी व्यथा लागेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी विकलाई रक्तचाप बढेर शरीर काम्ने, वेहोस हुन थालेछि गण्डकी गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हेलिकप्टर मार्फत उद्धार गरेको हो ।
आमा बच्चा दुवैको ज्यान जोखिममा परेकोले हेलिकप्टर मार्फत काठमाण्डौको प्रसुति गृहमा लगिएको स्वास्थ्य केन्द्रका डाक्टर नविन्द्र ढकालले बताए गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गृह र रक्षा मन्त्रीको सहयोगमा नेपाली सेनाको हेलिकप्टरवाट उद्धार गर्न सकिएको वताए ।
तस्विरः डा.नविन्द्र ढकाल