२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

छविका विरुद्ध म्याद थप, रविलाई पक्राउ गर्ने कहिले ?

छविका विरुद्ध म्याद थप, रविलाई पक्राउ गर्ने कहिले ?

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं — सहकारीको रकम ठगि आरोपमा काठमाडौंवाट पक्राउ गरी कास्की ल्याईएका नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि सोमबार जिल्ला अदालत कास्कीमा लगिएको छ । 
    सूर्यदर्शन सहकारीको रकम हिनामिना अभियोगमा अनुसन्धान र कार्वाहीका लागि छविलाई पक्राउ गरिएको हो । सूर्यदशर्नसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप लागेका छविका साझेरदार मध्ये गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई फरार छन । अर्का साझेदार तथा मिडिका तत्कालिन प्रवन्ध निर्देशक तथा रास्वपाका अध्यक्ष रवि लामिछाने पक्राउ गरेमा प्रतिकार गर्ने चेतावनी दिर्दै कार्यकर्ताहरुको सुरक्षा घेराभित्र वसेका छन । 
    सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ ।
    समितिले गोर्खा मिडियाका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिएको थियो । तर खुलेआम हिडिरहेका रविलाई सरकारले अहिलेसम्म पक्राउ नगरेकोमा सहकारी पीडितहरुले सकारको चर्को आलोचना र विरोध गरेका छन । 
    विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् । जीबी, रवि र छविको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीवाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको छानवीन समितिले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend