पोखरा-पोखराको शहीदचोकमा सहकारी ठगी आरोपि रवि लामिछानेको विरोध र समर्थनमा दुई पक्षवीच नारावाजी भएको छ । सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालयको गेट वाहिर रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेलाई अहिलेसम्म पक्राउ नगरेकोप्रति विरोध गर्दै पक्राउ गर्न माग गरेका छन । अर्कोतिर नजिकै शहीदचोकको चौतारामा रास्वपाका कार्यकर्ताहरुले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिर्दै सरकारका विरुद्ध नारावाजी गरेका छन ।
लामिछानेको पक्ष र विपक्षमा रहेका समुहवीच झडप हुनसक्ने संभावनालाई देखेर विरोध प्रर्दशनस्थलमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
सहकारी पीडितले सहकारीको पैसा गोर्खा मिडियामा रविकै संलग्नतामा अपचलन भएको भन्दै रवि, गोर्खा मिडिया सहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । झन्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ देखिएको छ ।