२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

सहकारी ठगीमा डिआईजी जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगीमा डिआईजी जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • पोखरा - सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले  ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
    म्याद थपअघि सरकारी वकिल र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
    जोशीका तर्फबाट अधिवक्ता रोचक जोशी, रोहितराज बाँस्तोला र कृष्ण थापाले बहस गरेका थिए । आरोपित जोशीले पनि इजलाससमक्ष आफ्ना कुरा राखेका थिए । त्यस क्रममा उनले ‘म गलत संगतमा परेँ, सहकारीबाट पैसा लैजाँदा सही पनि छैन, मैले पहिल्यै सेयर फरफारक गरेर गोर्खा मिडिया नेटवर्कबाट बाहिरिसकेको हो’ भनेर बताएका थिए । उनलाई काठमाडौँको शंखमूलबाट पक्राउ गरेर बुद्ध एयरको जहाजबाट राति साढे ९ बजे पोखरा ल्याइएको छ। प्रहरीले जोशी कुन देश जान लागेका हुन् भन्ने नखुलाए पनि उनी विदेश जान लागेको जनाएको छ।
    प्रहरीले भनेको छ, ‘जोशी भागी विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खएिको प्रहरीले पक्राउ गरिएको हो।’

    गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी सुरुवाती कालमा सञ्चालक समितिको उपाध्यक्षका रुपमा थिए । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष, रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । जसमध्ये राई हाल फरार छन् भने रम्तेल सूर्यदर्शन सहकारी प्रकरणमै पुर्पक्षका लागि जेलमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend