२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

रविलाई पक्राउवाट जोगाउन कार्यकर्ता कवच

रविलाई पक्राउवाट जोगाउन कार्यकर्ता कवच

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं-गोर्खा मिडियाका साझेदार पक्राउ परेपछि त्रसित रवि लामिछानेले पक्राउवाट बच्नका लागि रास्वपाका कार्यकर्तालाई कवचको रुपमा प्रयोग गरेका छन । गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुँदा विभिन्न सहकारीको करोडौं रुपयाँ अपचलन गरेको आरोप लागेका लामिछानेले सरकारले आफुलाई कुनैपनि वेला पक्राउ गर्नसक्ने वताउँदै प्रतिकारमा उत्रन कार्यकर्ताहरुलाई आव्हान गरेका छन । गोर्खा मिडियाका संचालक नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी पक्राउ परेपछि पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आईतवार राति नै कार्यकर्ताहरुलाई पार्टी कार्यालयमा उतारेर आफ्नो बचाउको अभियान शुरु गरेका थिए । आफुलाई कुनै पनि वेला पक्राउ गर्न सक्ने खवरले वजार तातेपछि लामिछाने कार्यकर्ताहरुको सुरक्षा घेरामा राति अवेरसम्म पार्टी कार्यालयमा बसेका थिए । 
    गोर्खा मिडिया नेटवर्कमा आएको सर्वसाधारणको बचत रकम अपचलनमा लामिछानेसहित गितेन्द्रवावु (जीवी) राई, छविलाल जोशी, रवि लामिछाने र कुमार रम्तेलाई संसदीय विशेष छानबिन समितिले दोषि औल्याउँदै कारबाहीको सिफारिस गरेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend