ललितपुर-रकम नदिए बलात्कार मुद्धामा फसाईदिने धम्की दिएको आरोप लागेकी प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक विनु शाहीलाई जिम्मेवारी हटाईएको छ । आरोपि शाहीले बलात्कार मुद्धामा एक व्यवसायीसँग ३० लाख रुपयाँ मागेको आरोप लागेको छ । शाहीमाथि छानवीन गर्न जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
बलात्कारसम्बन्धी घटनामा आर्थिक ‘फाइदा’ लिएको आरोप शाहीमाथि छ । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले छानबिन समिति गठन भएकझ र यसबारे रिपोर्ट आएपछि थप विषय खुल्ने बताइन् ।
असोज ६ गते केही युवतीले आफूहरुमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाइपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ । यो घटनामा प्रहरीले पछि तीन जनालाई पक्राउ समेत गरेको छ ।