२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

रेड नोटिसमा परेका तीन नेपाली दुबईबाट पक्राउ

रेड नोटिसमा परेका तीन नेपाली दुबईबाट पक्राउ

आवर अल न्यूज
बिहिवार, आश्विन १० २०८१
आवर अल न्यूज
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं-ठगी र जबर्जस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् ।
    पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की पनि पक्राउ परेका छन् ।
    पक्राउ परेकामध्ये भुपेन्द्र बोहरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न  इन्टरपोल महासचिवालयले १६ जेठ २०७९ मा रेड नोटिस जारी भएको थियो ।
    यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २४ साउन २०७९ मा कबिर बुढाथोकी र १२ असार २०८१ मा रोमन कार्कीविरुद्ध  रेड नोटिस जारी भएको थियो ।
    भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend