२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

गोली हानेर महिलाको हत्या

गोली हानेर महिलाको हत्या

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • बरहथवा– सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका ५ मा गोली हानेर  २३ वर्षीया चित्रलेखा यादवको हत्या गरिएको छ । घरायासी विवादका कारण चित्रलेखाको पतिले विहीवार गोली हानेर हत्या गरेको प्रहरीको अनुमान छ । 
    जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌ले घर आएर श्रीमतीसँग विवाद हुँदा गोली हानेर फरार रहेको हुनसक्ने वताए । घटनामा चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश यादव घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend