काठमाडौं-दलका नेताहरुको गलत कार्यको भण्डाफोर र वित्तिय संस्थाहरुको चर्को व्याज र लुटका विरुद्ध शशक्त आवाज उठाउँदै सामाजिक दुर्गा प्रसाईलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरुले विहीवार राजधानीमा प्रर्दशन गरेका छन ।
राष्ट्र र नागरिकको अस्तित्व निकम्मा दलका नेता र केहि विदेशी व्यापारीहरुबाट खतरामा परेको बताउँदै त्यसका विरुद्ध सामाजिक संजाल र मंचमा आवाज उठाउँदै आएका प्रसाईलाई षड्यन्त्र पूर्वक सुनियोजित ढंगले पक्राउ गरिएको प्रसाईका समर्थकहरुले आरोप लगाएका छन ।
समर्थकहरुले सत्ताधारी दलका नेता र व्यापारीको योजनामा एक महिलालाई प्रयोग गरेर प्रसाईलाई पक्राउ गरिएको आरोप लगाउँदै त्यसका विरुद्ध देशभरबाट प्रर्दशनमा सहभागि हुन आव्हान गरेका छन ।
माईतीघर मण्डलामा नारा र जुलुससहित भेला भएका समर्थकहरुले प्रधानमन्त्री केपि शर्मा ओली र सरकारका विरुद्ध चर्को नारावाजी गर्दै प्रसाईलाई तत्काल रिहा नगरे त्यसको परिणामको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन ।
देशमा ठुला ठुला अपराधमा संलग्नहरु खुलेआम घुमिरहेका तर देश र समाजको सुधारको लागि आवाज उठाउदै आएका प्रसाईलाई पक्राउ गरेर सरकारले गणतन्त्रको धज्जी उडाएको वताएका छन । प्रर्दशनमा सहभागि शर्मिला वाईवाले दुर्गा प्रसाईको पक्राउलाई मार्ने षड्यन्त्र भएको भन्दै त्यसका विरुद्ध एकजुट हुन आव्हान गरिन ।
मंगलबार मात्रै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाऊ महाअभियान नेपालले दुर्गा प्रसाईंको पक्षमा माइतीघर मण्डलमा प्रदर्शन गरे ।
प्रसाईंको पक्षमा उत्रिएकाहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले ‘एक थोपो रगत रहुन्जेल केपी ओलीसँग लड्छु’ भनेर प्रसाईंले दिएको अभिव्यक्तिलाई प्रिन्ट गरेर पनि प्रदर्शन गरेका छन् ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईले लघुवित्त र बैंकले आर्थिक मन्दिका बेला विशेष गरी महिला र सर्वसाधरण ऋणीमाथि मच्चाएको लुट र आंतकको बारेमा बुलन्द आवाज उठाउँदै आएका छन । साइबर अपराधमा प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो । अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रसाईंले सामाजिक सञ्जालमा रास्वपाकी महिला नेतृ ज्वाला संर्गौलाका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्यसपछि ती महिलाले उजुरी दिएपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो ।