२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

चौध मृतकमध्ये चालक र दुई यात्रुको सनाखत

चौध मृतकमध्ये चालक र दुई यात्रुको सनाखत

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • काठमाडौं-धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएको माईक्रोवसका १४ यात्रु मध्ये चालकसहित तीन यात्रुको पहिचान खुलेको छ ।  बुटवलवाट काठमाडौंका लागि चालकसहित १४ यात्रु लिएर  हिडेको लु १ ज ४५७८ नम्बरको विंगर बस शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझमात्रै गाडी र यात्रुको शव फेला परेको थियो ।
    गाडीबाट ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल १६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको कार्कीले बताएका छन् ।
    पश्चिम नेपाल बस व्यवसायी समितिको बुटवलस्थित टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीले बुटवलबाट १३ जना यात्रु लिएर शुक्रबार बिहान हिँडेको थियो ।
    बसले बुटवल ट्राफिकचोकस्थित टिकट काउन्टरबाट बुटवल कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खानगरका ३ जनाले टिकट काटेको कर्मचारी कार्कीले बताए । गाडी चालक रमेश लुइँटेलले चलाएका थिए । ‘यहाँबाट ९ जनाले टिकट काटेका थिए,’ उनले भने, ‘चालकसहित गाडीमा १४ जना थिए । प्रहरीले सबैको शव निकालेको जानकारी प्राप्त भएको छ ।’ गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको भए पनि सबै शवको सनाखत हुन नसकेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend