२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

मकवानपुरमा पहिरोमा पुरिएर एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु

मकवानपुरमा पहिरोमा पुरिएर एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • मकवानपुर – विद्यालयको छात्राबासवाट सुरक्षितस्थलतर्फ सार्दै गर्दा पहिरोले पुरेर इन्द्रसरोवर गाउँपालिकामा एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु भएको छ । ईन्द्रसरोवर गाउँपालिका –३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्ये ६ जनालाई पहिरोले पुरेको थियो । अन्य ३४ बालक सकुशल रहेका छन् ।
    कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा परेका थिए । 
    मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले मकवानपुरका अनुप घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौँका साइमन योन्जनको पहिरोले पुरिएर मृत्यु भएको वताए । 
    मृतक घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन् । मृतक सबैको शव पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए । 
    मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए । अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित बत्सलादेबी माविको छात्रावासमा बन्द प्रशिक्षणमा राखेको थियो ।
    यसै गरी बागमती गाउँपालिका वडा नम्बर ३ सुख्खा सल्लेनीमा पहिरोले घर बगाई घरले थिचेर २० वर्षकी फूलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend