२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

झ्याप्लेखोलामा बससँगै पहिरोमा पुरिएका ३५ जनाको शव निकालियो

झ्याप्लेखोलामा बससँगै पहिरोमा पुरिएका ३५ जनाको शव निकालियो

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं- पृथ्वीराजमार्गको धादिङको झ्याप्लेखोलाखण्डमा बससँगै पहिरोमा पुरिएका ३५ जनाको शव निकालिएको छ  । उद्धारटोलीले तीन वटा गाडीवाट उनीहरुको शव निकालेको हो । शुक्रवार राति अविरल बर्षासँगै आएको पहिरोले बस पुरिएपनि शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि मात्र डोजरले खनेर निकाल्ने काम शुरु गरिएको थियो । 
    लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो । त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए । नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उनले बताए । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।
    त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । मृतक चारै जना पुरुष गरेको एसपी अधिकारीले बताए । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।
    निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । शुक्रबारदेखि आएको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend