२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

सहकारी ठग ढोरपाटनका मेयर नेपालीलाई दिल्लीवाट समातेर काठमाडौं ल्याईयो

सहकारी ठग ढोरपाटनका मेयर नेपालीलाई दिल्लीवाट समातेर काठमाडौं ल्याईयो

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१

  • काठमाडौं-सहकारीको अबौं रुपयाँ कुम्ल्याएर फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेपाल ल्याइएको छ । उनलाई  भारतको दिल्लीबाट गत असोज ११ गते पक्राउ गरिएको थियो । 
    इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए।
    इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
    सोही सहकारीको ठगीमा संलग्न भएको आरोपमा मयर नेपालीसँगै दिल्लीमा पक्राउ परेका ओमबहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई पनि प्रहरीले काठमाडौँ ल्याएको छ। 
    सीआईबी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि १ अर्ब २८ करोड ६३ लाख १३ हजार ५ सय २५ रुपैयाँ अपचनको आरोप छ। 
    पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन्।
    सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend