काठमाडौँ — सुख्खा पहिरो खसेर बन्द भएको पृथ्वी राजमार्गको नागढुंगा मुग्लिन सडक खण्ड एकतर्फी खुलेको छ । मलेखुबाट करिब ५ सय मिटर काठमाडौंतर्फ खसेको सुख्खा पहिरो पन्छाएपछि सोमबार राति साढे दश बजेदेखि सडक एकतर्फी खुलेको मलेखुस्थित प्रहरीले जनाएको छ ।
भारी बर्षाले चार दिनदेखि अबरुद्ध पृथ्वीराजमार्गमा सोमबार राति साढे आठ वजेतिर फेरि पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । यसअघि उक्त पहिरो हटाउन रातभर लाग्न सक्ने प्रहरीले जनाएपनि केहि घण्टामै पहिरो पन्छाएर एकतर्फि यातायात संचालन गरिएको प्रहरीले जनाएको छ ।