२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

मेक्सीकन सेनाले दुई नेपालीसहित ६ आप्रवासीलाई गोली हानेर हत्या

मेक्सीकन सेनाले दुई नेपालीसहित ६ आप्रवासीलाई गोली हानेर हत्या

आवर अल न्यूज
बिहिवार, आश्विन १७ २०८१
आवर अल न्यूज
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं-नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालामा गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या गरेका हुन्।
    ट्रकमा रहेका नेपाली, भारतीय, पाकिस्तानी र इजिप्ट र क्युबाका नागरिक रहेको भारतीय मिडिया द हिन्दीले उल्लेख गरेको छ। ट्रकमा रहेका उनीहरूलाई ग्वाटेमालाको सीमानामा दुई जना मेक्सिन सेनाले अन्धाधुन्ध गोली प्रहार गरेर मारेको समाचारमा उल्लेख छ।
    मेक्सिन रक्षा विभागले चार जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ। ट्रकमा १७ जना आप्रवासीहरू सुरक्षित भेटिएका थिए। ट्रकमा ३३ जना आप्रवासी सवार रहेको बताइएको छ।
    यो क्षेत्र तस्करी गर्ने आप्रवासीहरूको रुट रहेको बताइन्छ। यही रुटबाट नेपालीहरू अवैधरूपमा अमेरिका जाने गर्छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend