काठमाडौं-काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी शनिवार नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ । एक साताअघिको भारी बर्षाले थानकोट, नौविसेखण्डमा पहिरोले पृथ्वीराजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएकोले बा१४च ३८५५ नम्बरको गाडी विहान ८ वजे नुवाकोट हुँदै लमजुङतर्फ जानेक्रममा दुर्घटनामा परेको थियो । माईक्रोवस टोखा छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा मृत्यु भएका चालकको सनाखत नभएको प्रहरीले जनाएको छ । दर्घटनामा घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।
यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा छहरे सडक प्रयोग गर्ने गरेका छन् ।
उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।
गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।