२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

नारायणगढ-मुग्लिङ सडकमा ढुंगा खस्दा २ बसका ५ घाइते

नारायणगढ-मुग्लिङ सडकमा ढुंगा खस्दा २ बसका ५ घाइते

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१

  • चितवन-चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।
    घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
    घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।
    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६(००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो ।
    घाइते यात्रु बसका हुन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ । दुवै सवारी आफ्नो गन्तब्यतर्फ लागेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend