उदयपुर-आपसी विवादमा श्रीमतीको हत्या गरेर टाउको बोकेर हिड्दै गरेका त्रिवेणी नगरपालिका–६ जलजलेका ३६ वर्षीय जङ्गबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।
केहि समयअघि भारतवाट घर फर्किएका जंगवहादुरले मंगलबार साँझ साढे ६ बजेतिर २८ वर्षीया पत्नी प्रमीला लामाको हत्या गरेर टाउको हातमा झुण्डाउँदै वाटोमा हिडेका थिए । त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्दै आएकी प्रमिलालाई श्रीमान्ले मारेर टाउको बोकेर हिडेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले घरदेखि करिव एक किलोमिटर पर टाउको हातमा झुण्डाउँदै हिडेका जंगबहादुरलाई पक्राउ गरेको थियो ।
उदयपुरका प्रहरी उपरीक्षक हरिहर योगीले भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको वताए ।
करिव दुई बर्षदेखि श्रीमानसँग राम्रो सम्वन्ध नभएपछि चिया बेचेर विदेश जान कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन् ।