२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • काठमाडौं- यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ ।
    कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।
    बेकर र जम्पर अमेरिकी वैज्ञानिक हुन् भने हसाबिस बेलायतका हुन् । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।
    बेकरलाई ‘कम्प्युटेशनल प्रोटिन डिजाइनका लागि’ आधा पुरस्कार दिइएको थियो भने हसाबिस र जम्परलाई ‘प्रोटिन स्ट्रक्चर प्रिडिक्सनका लागि’ पुरस्कार दिइएको थियो ।
    अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा हुनेछ।
    मंगलबार नै भौतिकशास्त्रको नोबेल पुरस्कार जोन जे। हपफिल्ड र जेफ्री ई। हिन्टनलाई दिने घोषणा गरिएको थियो। जोन जे हपफिल्ड र जेफ्री ई। हिन्टनलाई आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा योगदान गरेकोमा नोबेल पुरस्कार दिने घोषणा गरिएको थियो।
    यसअघि भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई चिकित्सा क्षेत्रमा नोबेल दिने घोषणा गरिएको थियो । दुवैलाई माइक्रो आरएनएको खोज र पोस्ट ट्रान्सक्रिप्शनल प्रक्रियाहरूमा उनीहरूको भूमिकाको लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend