काठमाडौं-टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ। उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। अन्तर्राष्ट्रिय जगतमा भारतका सबैभन्दा ख्यातिप्राप्त उद्योगी टाटा आफ्नो परोपकारी कामहरूले समेत विश्वभर चिनिएका थिए।
यस्ता दिग्गज जसले ुनुनदेखि सफ्टवेयरुसम्म सबैतिर आफ्नो व्यापार सफल बनाए। एक सयभन्दा धेरै कम्पनी भएको समूहका रुपमा चिनिएको टाटामा ६ लाख ६० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्। जसमा वार्षिक राजस्व नै एक सय मिलियन डलरभन्दा ज्यादा छ।
भारतीय व्यापार जगतका अग्रणी जमशेदजी टाटाद्वारा स्थापित १५५ वर्ष पुरानो टाटा समूह ज्यागुअर ल्याण्ड रोभर साथै टाटा स्टिलदेखि लिएर नुनसम्म फैलिएको छ। भाारतमा मात्र होइन दक्षिण एसियासहित विश्वका धेरै देशमा टाटाको व्यापारिक साम्राज्य फैलिएको छ।
ुद स्टोरी अफ टाटाु का लेखक पिटरका अनुसार टाटा कम्पनीको सिद्धान्त पुँजीवादलाई परोपकारसँग जोड्ने रुपमा निकै सफल रहेको छ। टाटाको व्यवसाय यस्तो ढंगमा हुन्छ जसले अरुको जीवनलाई समेत उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यसमा रतन टाटाको सोच र काम निकै महत्वपूर्ण रह्यो।
अहिले टाटा सन्समा यस्ता धेरै कम्पनी छन् जुन निजी स्वामित्वका साथै सार्वजनिक रुपमा कारोबार गर्नेहरू पनि रहेका छन्। जुन प्रायजसो परोपकारी ट्रष्टका रुपमा नै रहेका छन्।
टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनलाई उच्च रक्तचापको समस्या थियो।
सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष भएका थिए। उनी सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष थिए।
सन् २००८ मा उनलाई भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो।
उनको निधनप्रति भारतका राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, विभिन्न राज्यका मुख्यमन्त्रीलगायतले दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
भारतकी राष्ट्रपति मुर्मूले भनेकी छिन्, ुरतन टाटाको दुःखद निधनमा भारतले एक आइकन गुमाएको छ उहाँले कर्पोरेट विकासलाई राष्ट्र निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोडेको छ। मुर्मूले परोपकार र परोपकारमा टाटाको योगदानलाई ‘अमूल्य’ भन्दै प्रशंसा गरेकी छिन्।
उपराष्ट्रपति वीपी धनखड़ले एक्समा एक पोष्ट गर्दै उदोगपति टाटाको सम्झना गरेका छन्, ुरतन टाटाको निधनले मलाई स्तब्ध पारेको छ। भारतीय उद्योगको क्षेत्रमा उहाँ एउटा अविस्मरणीय व्यक्तित्व हुनुहुन्थ्यो। टाटामा उहाँको नेतृत्व आत्मनिर्भर भारत निर्माणको लागि योगदान थियो र भारत र बाहिरका उद्यमीहरूको लागि उहाँ सधैं प्रेरणादायी उद्यमी हुनुहुन्थ्यो।ु
त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले टाटाको निधनप्रति शोक व्यक्त गर्दै एक्समा लेखेका छन्, ुरतन टाटाजी एक दूरदर्शी व्यापारिक नेता, एक दयालु आत्मा र एक असाधारण मानव हुनुहुन्थ्यो।ु
प्रधानमन्त्री मोदीले आफ्नो पोष्टमा भनेका छन्, ुउहाँले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गर्नुभयो। उहाँको योगदान ‘बोर्डरूम’ भन्दा धेरै टाढा गयो। उहाँले आफ्नो विनम्रता, दया र हाम्रो समाजलाई अझ राम्रो बनाउने अटूट प्रतिबद्धताका कारण धेरै मानिसहरू उहाँलाई मन पराउने गर्थे।ु
त्यसैगरी भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले एक्समा एक पोस्टमार्फत भनेका छन्, ुरतन टाटा भिजन भएका व्यक्ति हुनुहुन्थ्यो। उहाँले व्यवसाय र परोपकार दुवैमा चिरस्थायी छाप छोड्नुभएको थियो। उनको परिवार र टाटा समुदायप्रति मेरो समवेदना छ।ु
एक्समा नै एक पोस्ट लेख्दै काङ्ग्रेस अध्यक्ष खड़गेले टाटाको निधनमा भारतले एक ‘अमूल्य छोरा’ गुमाएको उल्लेख गरेका छन्।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै उनी भारतीय उद्योगका ‘टाइकन’ भएको बताएका छन्।
उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ुरतन टाटाको निधनले दुःखी छु। उहाँ भारतीय उद्योगका ‘टाइकुन’ हुनुहुन्थ्यो। हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो।ु