२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

सुख्खा पहिरोबाट अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

सुख्खा पहिरोबाट अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • धुलिखेल–सुख्खा पहिरोबाट अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।  पहिरोमा परि खोटाङबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरिएको थियो भने सिन्धुली खुरकोटबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पनि धकेली २० मिटर तल पुर्‍याएको थियो ।
    असोज ११ र १२ गतेको अबिरल वर्षापछि रोशी खोलामा आएको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएर अवरुद्ध भएको थियो । सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend