२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

ब्राजिलमा डढेलोबाट दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट

ब्राजिलमा डढेलोबाट दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट

शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • ब्राजिल- ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको अनुगमन सञ्जाल म्यापबायोमासले शुक्रबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
    डढेलोका कारण सेप्टेम्बर महिनामा मात्रै एक करोड छ लाख ५० हजार हेक्टर जमिन जलेर नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।
    दक्षिण अमेरिकी देश बाजिलका उत्तरी क्षेत्रका माटो ग्रोसो, पारा र टोकान्टिन डढेलोका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मानिन्छन् ।
    ब्राजिलको अमेजन क्षेत्र डढेलोबाट सबैभन्दा बढी प्रभावित भएको छ र यहाँको एक करोड १३ लाख हेक्टर जमिन डढेलोले जलेको प्रतिवेदनमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend