२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सहकारीको करोडौं रुपयाँ अपचलन

रास्वपा सभापति लामिछाने कास्की प्रहरीको खोरमा, मुख्य चोक चोकमा प्रहरी परिचालन

रास्वपा सभापति लामिछाने कास्की प्रहरीको खोरमा, मुख्य चोक चोकमा प्रहरी परिचालन

संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • पोखरा - सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको खोरमा थुनिएका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबींं) को टोलीले शुक्रबार साँझ काठमाडौंमा समातेर लामिछानेलाई राता रात स्थलमार्गबाट पोखरा  ल्याएर अनुसन्धानका लागि गएराति पौने तीन बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको हो । यसअघि लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरिएको थियो । लामिछानेलाई आईतवार जिल्ला अदालत कास्कीमा लगिने भएको छ । 
     लामिछाने पक्राउ परेपछि रास्वपाका केही कार्यकर्ताले‍ बाटोमा र कास्की प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।
    कुनै ठाउँमा सहकारी पीडितले पनि जनताका पैसा ठगी गर्नेलाई कार्बाही गर भन्दै नाराबाजीमा उत्रिएका थिए ।  लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
    लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक हुँदा जोडिएका थिए । सूर्यदर्शनसहित विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर भेटिएको थियो । संसदीय छानबिन समितिले नै लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । कास्कीमा सूर्य दर्शन सहकारीका पीडितहरुले गत माघ २२ गते लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक उजुरी दर्ता गरेका थिए ।

    पोखराको मुख्य बजारको चोक चोकमा प्रहरी परिचालन
    लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएपछि संभावित विरोध प्रर्दशनलाई हेरेर कास्की प्रशासनले पोखरा वजारका मुख्य मुख्य चोकमा विहानैदेखि प्रहरी परिचालन गरेको छ । पोखराको जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय अगाडि, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सभागृहचोक लगायतका चोकहरुमा प्रहरीहरु सर्तक अवस्थामा परिचालन गरिएको छ । 
    कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आवश्यक सुरक्षा प्रबन्ध गरिएको बताए । आवश्यकता अनुसार नै सम्भावित ुरेड जोनु तोकिएको र त्यहाँ सोही अनुरूपको सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend