२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

थप सात दिन म्याद थपेपछि लामिछानेका कार्यकर्ताहरु थप आक्रोशित

थप सात दिन म्याद थपेपछि लामिछानेका कार्यकर्ताहरु थप आक्रोशित

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • पोखरा-सहकारी ठगी र संगठित अपराधमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछाने विरुद्ध अनुसन्धान गर्न म्याद थपेकोमा रास्वपाका कार्यकर्ताहरु थप आक्रोशित बन्दै नारावाजीमा उत्रिएका छन । उता सूर्य दर्शन सहकारी पीडितहरु पनि लामिछानेसहितका आरोपितहरुलाई कडा कार्वाहीको माग राख्दै आफ्नो प्रर्दशनलाई जारी राखेका छन ।  रास्वपा कार्यकर्ताहरूले भ्रष्ट सरकार होसियार, न्याय मार्न पाइँदैन, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाएका थिए । लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले २ सेल अश्रुग्याँस प्रहार गरेको थियो । रविलाई अदालत लगिँदा निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका उनीहरुले  म्याद थपको सूचनालगत्तै  निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको हो  ।
    बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, सहित पूर्व डीआईजी छविलाल जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई विहीवारदेखि लागू हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 
    सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा लामिछाने पक्राउ परेका हुन्। समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने,सदस्य कुमार रम्तेल र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो। जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन्। 

    जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए । गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।
    पोखरा महानगरपालिका वडा नम्बर–४ स्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीमा कार्यरत लीला पछाईले गितेन्द्रबाबु राईसँग मिलेर ३ करोड रुपैयाँ आफ्नो बैंक खातामा डिपोजिट गरेर अपचलन गरेको आरोप छ ।

    रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि लामिछानेविरुद्ध अनुसन्धान हुने

    रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ ।
    जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको छ । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले ‘ठगी र संगठित अपराधको कसुरमा रलामिछाने विरुद्ध पक्राउ पूर्जी जारी भएको वताए । 
    सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend