सिमरा-बिल भु्क्तानी गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिदै गरेका बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । साहले बिहीबार दिउँसो सेवाग्राहीसँग ७८ हजार नगद लिदै गर्दा हेटौडावाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कलैया उपमहानगरपालिका ४ मा सेवाग्राहीसँग रकम लिइरहेको जानकारी सेवाग्राहीवाट पाएपछि टोली कलैया पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए।