दाङ-नुहाउनका लागि राप्ती नदीमा पसेका तीन बालिकाको डुबेर मृत्यु भएको छ । देउखुरीस्थित राप्ती नदीमा डुबेर लमही नगरपालिका २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर घर भई लमही नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको हो । बिहान खाना खाएर ११ बजेतिर नुहाउन भनेरउनीहरु राप्ती नदीमा गएका थिए।
दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बिहीबार नुहाउनेक्रममा गहिराईमा पुगेर डुवेका तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको बताए