दाङ- शशस्त्र प्रहरी बलले बनाएको पिङ खेल्न आएकी ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शशस्त्र प्रहरी बलका दुई सहायक हवल्दार पक्राउ परेका छन । सशस्त्र प्रहरी दाङको २९ नम्बर ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर पक्राउ परेका हुन्।
दशैँमा देशभर जनसम्पर्क बढाउने भन्दै शशस्त्र प्रहरी बलले देशभर बनाएको खेल्न आएकी बालिका बलात्कृत भएको सूचना पाएपछि शशस्त्र प्रहरीले दुवै सहायक हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान र कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएको थियो ।