२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सहकर्मी हत्या अभियोगमा माओवादी कपिलबस्तु सेक्रेटरी र महिला विभाग प्रमुख पक्राउ

सहकर्मी हत्या अभियोगमा माओवादी कपिलबस्तु सेक्रेटरी र महिला विभाग प्रमुख पक्राउ

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • कपिलबस्तु-नेकपा (माओवादी) महावीर समूहको नाममा उठाएको चन्दा नबुझाएको भन्दै आफ्नै सहकर्मीको हत्या गरेको आरोपमा प्रहरीले उक्त समूह कपिलबस्तुको जिल्ला सेक्रेटरी ४७ वर्षिय रमेश श्रेष्ठ र कपिलवस्तु जिल्लाको महिला विभाग प्रमुख ४६ वर्षिया मनकला थारुलाई पक्राउ गरेको छ । श्रेष्ठ र थारुले 
    कपिलबस्तुमा चन्दा संकलनको रकम हिनामिना गरेको भन्दै सहकर्मी दिनेश भन्ने जयप्रकाश यादवको हत्या गरेका प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले श्रेष्ठको योजनामा यादवको हत्या गरिएको वताए ।  यादव नेकपा (माओवादी) महावीर समूहको  कपिलवस्तु ईलाका नं. १०  विजयनगर गाँउपालिकाको ईलाका इन्चार्ज रहेको प्रहरीले जनाएको छ । 
    प्रहरी नायब उपरीक्षक अधिकारीले मृतक यादवको शव बिजयनगर गाँउपालिका –२ खडैचा भैसीघाटस्थित चिरईखोलाको किनारामा कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा भेटिएको बताए । 
    अभियुक्त दुबै जनालाई कपिलबस्तु अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend