२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं-नेपालले कठिन प्रतिस्पर्धी भारतलाई पेनाल्टी सुटआउटमा ४ २ को हराउँदै दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट ११ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
    पेनाल्टीमा भारतका लागि मनिषा र पुरुषोत्तम श्रीभाइकरले गोल गर्दा आशातलादेवी र चानु सोरोखाइबम भने चुके । आशालतादेवीको प्रहार पोलमा लागेर फर्किए सारोखाइबमको प्रहार वैकल्पिक गोलकिपर अन्जना रानामगरले बचाइन् ।
    नेपालका लागि सावित्रा भण्डारी, गिता राना, सवीता रानमगर र अमिशा कार्कीले गोल गरे ।
    निर्धारित समयमा नेपालका लागि सावित्रा भण्डारी र भारतका लागि संगीता बाँसफोरेले गोल गरे ।
    खेलको ३१औं मिनेटमा नेपालले सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेन । सावित्रा भण्डारीको प्रहारलाई भारतीय गोलकिपर देवीवाङ्खेमले बचाइन् । रिबाउन्डमा अमिशा कार्कीको प्रहारलाई पनि उनैले गोलमा परिणत हुन दिइनन् ।
    रेखा पौडेलले दोहोरो पहेंलो कार्डपछि रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ५२औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो ।
    रेखा पौडेलले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ५२औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । त्यसपछि तनावपूर्णस्थिती सृजना भएपछि खेल करिब १५ मिनेट रोकिएको थियो ।
    खेलको ७२औं मिनेटमा संगीता बाँसफोरेको गोलमार्फत भारतले अग्रता लिएको थियो । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।  उक्त गोलपछि भारतीय खेलाडीले खुसीयाली मनाउँदै गर्दा रेफ्रीmले प्ले अनको ह्विसल बजाएपछि नेपालले बल अगाडि बढाउँदै नेपालले बराबरी गोल फर्काएको थियो । तर प्रीति राईको उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि फेरि तनावकोस्थिती सृजना भएको थियो ।
    रेफ्रीको उक्त निर्णयमा नेपाली दर्शकले बोलत प्रहार गरेपछि खेल पुनः रोकियो । करिब १ घन्टा १५ मिनेट रोकिएपछि खेल सुरु भएको थियो । खेल १० मिनेट घटाइएको थियो । 
    खेल सुरु भए लगत्तै सावित्राले नेपालका लागि बराबरी गोल फर्काइन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।नेपालले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध ७(१ को फराकिलो जित निकालेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend