२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

स्कटल्याण्डलाई पाँच विकेटले हराउँदै नेपाल विजयी

स्कटल्याण्डलाई पाँच विकेटले हराउँदै नेपाल विजयी

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं - नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ।अमेरिकाको डालसमा आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित हासिल गरेको हो। ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले ५ विकेट गुमाएर २९.५ ओभरमा पूरा गरेको हो। null

    नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट र आरिफ शेखले एक विकेट लिएका थिए। तीव्र गतिका बलर करणले पहिलो ओभरमै ओपनर चार्ली टिअरलाई बोल्ड आउट गरेका थिए। स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले २० रन पनि कटाउन सकेनन्। जवाफि ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफ शेखले सर्वाधिक ५१ रनको योगदान दिए। त्यसैगरी कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन, आसिफ शेखले २१ रन र अनिल शाहले १३ रन बनाए।null

    स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट, ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले १/१ विकेट लिएका थिए। 

    पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। लिग-२ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ। नेपालले आगामी शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्ने क्यानले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend