२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

साहित्यकार पराजुलीको निधन

साहित्यकार पराजुलीको निधन

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौँ- साहित्यकार गोपाल पराजुलीको निधन भएको छ। काभ्रेको भमरकोटमा २००२ सालमा जन्मिएका पराजुलीको ७९ वर्ष उमेरमा मंगलबार साँझ निधन भएको हो। पछिल्लो समय उनी काठमाडौँको बानेश्वरमा बस्दै आएका थिए।

    उनी मूलतः बालसाहित्यकारका रूपमा परिचित थिए। करिब ५ सयजना विभिन्न क्षेत्रका व्यक्तित्वहरूको जीवनी पनि उनले लेखेका थिए।

    केही राष्ट्रिय विभूतिहरू (भाग १-३), पाँच प्रसिद्ध वैज्ञानिकहरूको जीवनी, हाम्रा प्रसिद्ध साहित्यकार (भाग १-६), नानीको बानी (बालनिबन्ध), रूपको साहस (बालकथा), एक दिनको यात्रा (बालउपन्यास), समयका डोबहरू (कविता), नेसनल हिरोज अफ नेपाल, पच्चीस प्रतिभा (भाग १-७) र लिटरेर आइकन अफ नेपाल (भाग १-२) उनका मुख्य कृति हुन्। बालसाहित्यमा योगदान गरेवापत उनले धेरै सम्मान र पुरस्कार पनि प्राप्त गरेका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend