२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

गोसाईकुण्डमा दुई सातादेखि वेपत्ता पर्यटक मृत फेला

गोसाईकुण्डमा दुई सातादेखि वेपत्ता पर्यटक मृत फेला

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • रसुवा- दुई साताअघि रसुवाको गोसाँईकुण्ड गाँउपालिका-४ लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई साता अगाडिदेखि हराईरहेका स्लोभाकियाका ३४ बर्षिया अन्ड्रेज हुसुर्कालाई तेस्रो पटकको हवाई खोज उद्धारबाट फेला परेको हो ।

    समुद्र सतहबाट सात हजार एक सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेला पारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

    उनको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ । उनीसँगै गएका चेक रिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए ।

    ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरे-नगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend