२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रास्वपा अध्यक्ष लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न म्याद थप

रास्वपा अध्यक्ष लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न म्याद थप

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • पोखरा-सहकारी ठगीसहितका मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 
    प्रहरीले आइतबार चौथो पटक म्याद थपको लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश नवराज दाहालको इजलासले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 
    सहकारी ठगीको आरोपमा कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनी प्रवन्ध निर्देशक रहँदाका बखत सूर्यदर्शन सहकारीको करोडौँ रकम गोर्खा मिडिया नेटवर्क प्रालिका गैरकानुनी ढंगले प्रवाह भएको तथ्य फेला परेपछि समातिएका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भैरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend