२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

झाँसीको लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियू) मा आगो लाग्दा १० नवजात शिशुको मृत्यु

झाँसीको लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियू) मा आगो लाग्दा १० नवजात शिशुको मृत्यु

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • झाँसी-भारतको उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ।
    शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको हो।
    केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।
    घटनामा ३७ जना नवजात शिशु घाइते भएका र उनीहरूको उपचार भइरहेको युपीका उपमुख्यमन्त्री ब्रजेश पाठकले जानकारी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
    उनले १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको पाइएको पनि बताएका छन्।
    झाँसीका एसएसपी सुधासिंहले अस्पतालमा ४७ जना शिशु रहेकामा ३७ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उद्धार गरिएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
    मृत्यु भएकामध्ये ७ शिशुको पहिचान खुलेको र बाँकी तीन जनाको पहिचान खुलाउने प्रयास भइरहेको पनि उनले एसएसपी सिंहले बताएका छन्।
    आगलागीको कारण विद्युत सर्ट भनिएको छ।
    गएराति १०स्४५ बजे एनआइसियुबाट धुवाँको मुस्लो आएको देखिएको र त्यसपछि अलार्म बजेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइसम्ले लेखेको छ। धुवाँको मुस्लोका कारण अस्पतालका अधिकारीहरू शिशु राखिएको वार्डमा प्रवेश गर्न सकेका थिएनन्। लगत्तै अग्निनियन्त्रकहरू घटनास्थल पुगेपछि उनीहरूले अरू शिशुहरूको उद्धार गर्न भ्याएका थिए।
    मुख्यमन्त्री योगी आदित्यनाथले झाँसी प्रहरीलाई घटनाको अनुसन्धान गरी १२ घन्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend