२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भेरि करिडोर बस दुर्घटनामा नौ घाइते

भेरि करिडोर बस दुर्घटनामा नौ घाइते

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • रुकुम पश्चिम– रुकुम पश्चिमको आठविसकोट नगरपालिका -११, रिठा स्थित भेरि करिडोरमा आज भएको बस दुर्घटनामा नौ जना घाइते भएका छन् । काठमाडौँबाट राडीतर्फ आउँदै गरेको प्र.०१००५ ख ९९६६ नम्बरको बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।
    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोखरेलका अनुसार घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका १, बस्ने ३१ वर्षीय खड्क बहादुर तामाङ, सोही गाउँपालिकाका २८ वर्षीय भीम बहादुर भुलन, भीमेश्वर नगरपालिका ७, दोलखाका २६ वर्षीय प्रकाश मगराठी रहेका छन् ।
    त्यस्तै आठबिस्कोट नगरपालिका ९, का ३१ वर्षीय प्रकाश गौतम, नलगाड नगरपालिका ८ का भिम कुमारी चँदारा, सोही वडाका वर्ष १० को मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका ५ बस्ने बर्ष २८ को आकाश काफ्ले, आठविसकोट नगरपालिका ११, का १७ वर्षीय गणेश रसाइली र जाजरकोट नलगाड नगरपालिका १२ बस्ने बर्ष २५ कि सङ कुमारी बिक रहेका छन् ।
    दुर्घटना लगत्तै घाइते सबैजनालाई उद्धार गरेर नगर अस्पताल आठबिसकोटमा पठाइएको प्रहरीले बताएको छ । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend