२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बसको ठक्करवाट छात्राको घटनास्थलमै मृत्यु

बसको ठक्करवाट छात्राको घटनास्थलमै मृत्यु

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • सुनसरी – बसको ठक्करवाट कोसी राजमार्गको इटहरी खनार सड्क खण्डको शान्तिचोकमा ९ कक्षामा अध्ययनरत सम्झना यादवको मृत्यु भएको छ ।  काकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १.०१.००१ ख ४५७४ नम्बरको नागरिक यातायात बसले इटहरी स्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत सम्झना यादवलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको थियो । 
    ठक्कर दिएर भाग्न खोजेको बसलाई स्थानीयले खनार चौकमा नियन्त्रण लिएर आगजनी गरेका छन् । सोही क्रममा भिड नियन्त्रण गर्ने खोज्दा  एक जना प्रहरी समेत घाइते भएका छन् । अपरान्ह करिब ४ वजेर ३० मिनटमा भएको सो घटना पछि खनार चौकको अवस्था तनावग्रस्त बनेको छ । बस चालक इलाका प्रहरी इटहरीको नियन्त्रणमा रहेको प्रहरी जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend