२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौँ-साइवर अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ ।
    साइबर अपराधसम्बन्धी कसुरमा थुनामा रहेका उनलाई काठमाडौँ जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को अनुसन्धानमा रहेका प्रसाइँसँग लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलको निरन्तर फोन सम्पर्क देखिएपछि उनलाई थप अनुसन्धानका लागि प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
    प्रसाईं र फुयाँलबीचको ‘कनेक्सन’ देखिएपछि प्रहरीलाई अनुसन्धान गर्न दवाव बढेको थियो ।
    फुयाँल भारतीय गुन्डानाइके लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा पक्राउ परिसकेका छन ।
    प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको गलत तथ्य सार्वजनिक गरेको आरोपमा मंसिर ४ गते नै पक्राउ परेका हुन् ।।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend