२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बलात्कारको प्रतिकार गरेपछि सुचिनाको हत्या गर्ने अभियुक्त सार्वजनिक

बलात्कारको प्रतिकार गरेपछि सुचिनाको हत्या गर्ने अभियुक्त सार्वजनिक

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • man-samser-.jpg
    undefined

    गोरखा- जंगलमा घाँस काटन गएकी बारपाककी १८ बर्षिया सुचिना घलेलाई एक्लै देखेर बलात्कार गर्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको ४३ बर्षिय अभियुक्त मन सम्जेर गुरुङले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन ।   बारपाक सुलिकोट गाउँपालिका–१ बारपाककी सुचिनाको गत मंसीर १८ गते जंगलमा शव गाडिएको अवस्थामा फेला परेको थियो । मंसिर १५ गते सुचिनाको हत्या भएको १० दिनपछि मंगलबार प्रहरीले बारपाक सुलिकोट–१ का ४३ वर्षीय मन सम्जेरलाई सार्वजनिक गरेर घटना बारे जानकारी दिएको छ । 
    मंसिर १५ गते घाँस काट्न गएकी घलेको शव बारपाकस्थित मैखर्क जंगलमा खाल्डो पुरिएको अवस्थामा मंसिर १८ गते भेटिएको थियो ।
    जंगलमा घाँस काट्न गएकी घलेलाई आरोपित गुरुङले बलात्कार प्रयास गरेको र युवतीले प्रतिकार गरेपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले बताए । ‘घाँस काट्न जंगल जाँदा आरोपित गुरुङ र सुचिना अघिपछि हुँदै गएको, युवती एक्लै भेटेपछि आरोपितले शारीरिक सम्पर्कको प्रस्ताव र अनुरोध गर्छन्,’ एसपी पाठकले भने,‘युवतीले इन्कार गरेपछि उनले जबरजस्ती करणीको प्रयास गरेको र युवतीले प्रतिकार गरेको अनुसन्धानबाट खुलेको छ ।’
    जंगलमा एक्लै भएको बखत जबरजस्ती करणीको प्रयास भएपछि युवतीले निकैबेर प्रतिकार गर्ने र चिच्याउने गरेको पनि प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । ‘तीनरचार पटक युवती चिच्याएको र प्रतिकारको अवस्थामा हानाहानको अवस्था भएको पनि देखिन्छ,’ उनले भने, ‘युवती चिच्याएपछि म अब फस्छु जस्तो लागेर आरोपितले लडाएर घाँस र गोबर मिसिएको माटो मुखमा कोचिदिन्छन्, युवती केहीबेरमा शिथिल बनेपछि मृतकको ज्याकेटले आफ्नो कम्मरमा बाँधी मृतकले नै घाँस काट्न लगेको नाम्लोले बोकेर पहिलो घटनास्थलबाट ५० मिटरमाथि लगेर खाल्डो खनी गाडेको खुलेको छ ।’
    आरोपित गुरुङले आफूले लगेको डोको र नाम्लो, उनीको टोपी सोही स्थानमा छाडेका थिए । डोको, नाम्लो र टोपीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । शवलाई एक्लै बोकेर खाल्डोमा लैजाने क्रममा आरोपितले लगाएको ुकम्ब्याट क्यापु सोही स्थानमा खसेको भेटिएको र अभियुक्तसँग दुवै टोपीको सनाखतसमेत गरिसकेको प्रहरीले जनाएको छ ।
    प्रहरी सोधपुछका क्रममा घटनाबारे आरोपितले ‘नोट’ समेत लेखेर दराजमा राखेको पनि खुलेको छ । आरोपितको घर खानतलासीका क्रममा दराजमा ‘मेरो बयान’ भनि शीर्षक राखेर ‘म बाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्ने समेत ब्यहोरा लेखेर औंठाछापसमेत लगाएको एक पाना फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । ‘घटना घटिसकेपछि आरोपितले दुई पटकसम्म आत्महत्याको प्रयाससमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।
    अनुसन्धानका क्रममा संकलन गरिएको भौतिक सबुत प्रमाणहरूलाई नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइको पनि डीएसपी सुवेदीले बताए । शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल काठमाडौंमा भएको थियो । आरोपित गुरुङविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend