२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

मार्फाको तापक्रम माइनस सात

मार्फाको तापक्रम माइनस सात

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • मुस्ताङ-हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ। घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेपछि जनजीवन प्रभावित भएको छ। 

    तापक्रम मापन केन्द्र समेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार पछिल्लो २४ घण्टाको तापक्रम माइनस सात डिग्री मापन भएको छ। बागवानी विकास केन्द्रले स्याउ लगायतका फलफूलमा गरेको सिँचाइको पानी नै पुरै जमेको उहाँको भनाइ छ।

    उपल्लो मुस्ताङ क्षेत्रमा चिसो अत्यधिक बढेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । चिसो बढेर पानी जम्ने र घाम नलाग्दासम्म बाहिर निस्कने अवस्था नभएको उहाँको भनाइ छ। 

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार यातायात सेवा सुचारु रहेको र सीमा नाका खुला रहे पनि समग्र उपल्लो मुस्ताङ क्षेत्रमा स्थानीय प्रभावित भएका छन्। नेपाल प्रहरीको टोली नियमित रूपमा कोरला नाकासम्म गस्ती जाने गरेको उहाँको भनाइ छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend