२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

घरेलु कामदार किशोरीमाथि पटक पटक बलात्कार गरेको अभियोगमा पूर्व मेयर शिवाकोटी पक्राउ

घरेलु कामदार किशोरीमाथि पटक पटक बलात्कार गरेको अभियोगमा पूर्व मेयर शिवाकोटी पक्राउ

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • झापा — बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुव शिवाकोटीलाई बलात्कार अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । घरेलु कामदार किशोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको जाहेरीका आधारमा शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार पक्राउ गरेको हो ।१७ वर्षीया किशोरीलाई शिवाकोटीले लामो समयदेखि जबरजस्ती करणी गरेको प्रहरीसँग उनले गरेको बयानबाट खुलेको छ । पीडित किशोरीले करिब ८ वर्षदेखि शिवाकोटीको घरमा काम गर्दै आएकी थिइन् ।
    बुवाको मृत्यु भएपछि आमाले दोस्रो बिहे गरी भारतको असम गएपछि किशोरी बिर्तामोडस्थित आफन्तको घरमा बस्दै आएकी थिइन् । पूर्वनगरप्रमुख शिवाकोटीले ‘नातिको साथी’ हुने अनि स्कुल पनि पढाइदिने भनेर किशोरीलाई घरमा काम गर्न लगेको बताएका छन् ।
    ११ कक्षामा पढ्दै गरेकी उनी सोमबार बिहानै स्कुल पोसाकमै भारततिर जाँदै थिइन् । त्यही क्रममा चेलीबेटी बेखबिखन नियन्त्रणका लागि सीमामा तैनाथ आफन्त नेपालका कर्मचारीले उनलाई बाहिरिनबाट रोकेका थिए ।
    आफन्त नेपालका एक कर्मचारीका अनुसार किशोरीलाई नाकामा रोकेर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको थियो । त्यही क्रममा प्रहरीले सोधपुछ गर्दा उनले शिवाकोटीका कर्तुत सार्वजनिक गरेकी थिइन् । ‘प्रहरीको सहयोगमा घर पठाउन खोज्दा नमानेपछि उनीमाथिको यौन उत्पीडनको रहस्य खुलेको थियो,’ ती कर्मचारीले भने ।
    प्रहरीले पूर्वनगरप्रमुख शिवाकोटोलीलाई किशोरीलाई लिन आउन कार्यालयमै बोलाएको थियो । त्यही क्रममा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाइएको र जाहेरी पनि बिर्तामोड प्रहरीमै दिइएको गुरुङले जनाए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend