२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल विजयी

पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल विजयी

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • कास्की - नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल विजयी भएका छन् । बरालले १ सय ५ मत ल्याउँदा राजेन्द्र अधिकारीले ९६ मत पाए । उपाध्यक्षमा माधव रेग्मी ९० मतका साथ विजयी हुँदा श्रीराम सिग्देलले ७७ मत र कमल पौडेलले ३५ मत पाए ।

    उपाध्यक्ष महिलामा कन्चन थापा १ सय ९ मतका साथ विजयी भइन भने बिनकुमारी थापा  ८७ मत पाइन । सचिवमा भुपाल गुरुङ १ सय २ मतका साथ विजयी हुँदा सन्देश श्रेष्ठले ९८ मत पाए ।

    सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ सुमन १ सय २६ मतका साथ विजयी भए । दिलप्रसाद गुरुङले ७२ मत पाए ।
    सहसचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर विजयी हुँदा श्रीभद्र पौडेलले ८० मत ल्याए ।कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतका साथ विजयी भए । सुरेश अधिकारीले ८० मत पाए ।सदस्य (महिला) मा कविता कविता घर्तीमगर १ सय १ मतका साथ विजयी हुँदा देविका तामाङ देविका तामाङले ९४ मत ल्याइन् । सदस्य दलितमा सुरेश सुनार १ सय ४३ मत पाएर विजयी भए सन्तोष परियारले ५१ मत ल्याए ।शुक्रबार मुलुकभरका ७६ जिल्लामा भएको मतदान अन्तर्गत कास्कीमा २ सय ५ मत खसेको थियो । यहाँ २ सय २० सदस्य छन् ।

    सदस्य (खुला) तर्फ ९ जनामा विजयी

    अर्जुन (सुशान्त) गाहा : १५१

    गौरव त्रिपाठी : १४३

    राजु गिरी : १३२

    बालकुमारी पौडेल : १२९

    सन्तोष सुवेदी : १२८

    रिखिराम जि.सी. : ११७

    तुलसीराम सुवेदी : १०७

    निराजन अधिकारी : १०६

    पुष्पराज दाहाल : १०४

    सदस्यका अरु उम्मेदवारले पाएको मत

    दीपक श्रेष्ठ : १०३

    सन्दीप पौडेल :१०३

    विष्णु गौतम : ८८

    चिरञ्जीवी पौडेल : ८२

    राष्ट्रिय परिषद् सदस्य:

    निर्वाचित (५ जना)

    आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट): १२४

    दिननाथ बराल: ११६

    कृष्णमणि बराल: १०९

    भरत कोइराला : १०८

    राजबहादुर गुरुङ: १०८

    मनाङ, मुस्ताङ, हुम्ला, अर्घाखाँची, डोल्पा, मुगुलगायतका जिल्लाको नतिजा आइसकेको छ । कतिपय शाखामा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend