२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

जाडो छल्न कोठाभित्र बालेको कोइलाको धुँवामा निस्सासिएर आमाछोराको मृत्यु

जाडो छल्न कोठाभित्र बालेको कोइलाको धुँवामा निस्सासिएर आमाछोराको मृत्यु

बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • वीरेन्द्रनगर - कोठा न्यानो बनाउन बालिएको कोइलाको धुँवामा निस्सासिएर सुर्खेतमा आमा छोराको मृत्यु भएको छ । रातिको समय चिसो छल्नका लागि झ्याल ढोका बन्द गरेर कोठाभित्र कोइला बालेर सुतेका आमा छोरा विहान अवेरसम्म नउठेपछि ढोका फोडेर हेर्दा दुवै जना मृत फेला परेका प्रहरीले जनाएको छ । 
    वीरेन्द्रनगर ४ भैरवस्थानको समावेशी टोलका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापा घाइते भएको उनले बताए । घाइतेको अवस्था गम्भीर रहेको र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ  । 
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर पुगेकोबताए । बेलुका खाना खाएर सुतेको देखिन्छ, बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको हो,’ डीएसपी विश्वकर्माले भने, ‘घरभित्र कोइला बालेको र धुवाँमा निसासिएको प्रारम्भिक रिपोर्ट छ ।’ तीनै जनालाई अस्पताल पुर्‍याएपछि चिकित्सकले आमा देवीसरा र छोरा रियानलाई मृत घोषणा गरेका हुन् ।

    कार्वन मोनोअक्साईड विषालु ग्याँसले ज्यान जान सक्छ 
    कोठाभित्र न्यानोपनका लागि बालिने कोइला, गुइँठा, आगो, भुसले कार्बन मोनोअक्साइड विषालु ग्यास उत्पन्न हुन्छ । 
    न्यानोपनका लागि बालिएको कोइलाले निकालेको कार्बनमोनो अक्साइड विषालु ग्यास बालिएको ठाउँमा भेटिलेसन अर्थात् झ्याल, ढोका बन्द भई पर्याप्त मात्रामा हावा ओहोरदोहोर हुन सक्दैन । 
    त्यसरी कोइला ताप्दा कार्बनमोनो अक्साइड विषालु ग्यास ओहोरदोहोर गर्न नपाएमा सुरुमा टाउको दुख्ने, वाकवाकी हुने, रिंगटा लाग्ने, चक्कर लाग्ने, बेहोस भइ मृत्यु हुने गर्छ । घरभित्र कोइला, आगो ताप्दा कोठाभित्र हावा छिर्ने गरी झ्याल ढोका खुल्ला अनिवार्य रूपमा राख्नुपर्दछ । दीर्घरोगीले आगो तापिरहँदा तातो हावाले असर गर्छ । हावाको आर्द्रता कम हुँदा हावा सुख्खा हुन्छ । 
    सुख्खा हावाले घाँटी खस्खसाउने, खोकी लाग्ने, दमका बिरामी श्वास फेर्न गाह्रो हुने, हात, मुख, ओठ, नाक सुख्खा हुने, कतिपय अवस्थामा नाकबाट रगत आउन सक्छ । 
    यसरी कोइला, आगो, गुइँठा, भुस ताप्दा १२ वर्षभन्दा कम उमेरका र ६० वर्षभन्दा माथिका वृद्धावृद्धलाई अझै जोखिम हुन्छ ।  जाडो याममा बालबालिका र वृद्धावृद्ध प्रायः घरभित्र सीमित रहन्छन् ।  उनीहरूलाई न्यानोपनका लागि  गुइँठा, आगो, भुस न्यानोका लागि प्रयोग गर्ने चलन छ ।   
     आगो ताप्दा घाँटी खसखस हुने, नाक सुख्खा हुने, खोकी लाग्ने, श्वास प्रश्वासमा समस्या हुने क्रम बढ्यो भने औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । कुनै पनि दीर्घ रोग नलागेका अर्थात् स्वास्थ्यमा कुनै पनि समस्या नभएका व्यक्तिले पनि बन्द कोठाभित्र कोइला, आगो, गुइँठा, भुस तापेर निदाउँदा वा बस्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । 
    यस्तै, हिटरले पनि हावालाई सुख्खा बनाउँछ । बन्द कोठामा हिटर पनि लामो समय ताप्दा खोकी लाग्ने, घाँटी खसखस हुने, नाक चिलाउने, रगत आउने, छाला चिलाउने हुन सक्छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend