२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

अनाथ तथा टुहुरा बालबालिकाको निःशुल्क शिक्षाका लागि छात्राबास

अनाथ तथा टुहुरा बालबालिकाको निःशुल्क शिक्षाका लागि छात्राबास

बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • डोटी–टुहुरा तथा अनाथ बालबालिकाको शिक्षामा पहुँच पुराउनका लागि  डोटीको के आई सिंह गाउँपालिकाले छात्राबास संचालनमा ल्याएको छ । गाउँपालिकाले खाना आवास, स्टेसनरी खर्चदेखि औषधी उपचारको समेत जिम्मा लिएर यसै वर्ष देखि  टुहुरा तथा अनाथ बालबालिकालाई कक्षा ५ सम्म निःशुल्क रूपमा पढाउन सुरु गरेको हो ।  दुई वर्षकै उमेरमा आमाले छोडेपछि बडी केदार गाउँपालिका ३ धारा पानी दुर्गम गाउँमा हुर्किएकी दीपाले ६ वर्षको उमेर हुँदासम्म स्कुल देख्न पाइनन् ।
    सोही गाउँका ९ वर्षीय भक्तबहादुर रोका मगरलाई पनि आमाले कलिलै उमेरमा छोडेर अर्को विवाह गरे पछि अलपत्र परेका उनीहरूलाई अहिले के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लागि सञ्चालनमा ल्याएको छात्रावासमा छन् ।
    छात्रावासमा उनीहरूजस्तै अरू ११ विद्यार्थी रहेका छन् ।जसमध्ये कसैले आमा गुमाएका छन् त कसैले बुबा ।
    गरिबी र आफन्त अभाव झेलेका उनीहरूलाई  गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सरस्वती आधारभूत विद्यालयको  छात्रावासमा पढेर पढिरहेका छन् ।
    गाउँपालिकाले खाना आवास, स्टेसनरी खर्चदेखि औषधी उपचारको समेत जिम्मा लिएर यसै वर्ष देखि  टुहुरा तथा अनाथ बालबालिकालाई कक्षा ५ सम्म निःशुल्क रूपमा पढाउन सुरु गरे पछि बालबालिका खुसी भएका छन् ।
    लामो समयदेखि टुहुरा बालबालिकाको पठनपाठनका लागि तयारी गरिरहे पनि चालु आर्थिक वर्षबाट मात्र सुरुवात गर्न सफल भएको   के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend