२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

साउदी अरबबाट फर्किएका पुरुषमा मंकीपक्स

साउदी अरबबाट फर्किएका पुरुषमा मंकीपक्स

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौँ- साउदी अरबबाट फर्किएका थप एक ४४ बर्षिय नेपाली पुरुषमा मंकीपक्स भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य परीक्षणको क्रममा सङ्क्रमण देखिएको वताए । 
    गत पुस ५ गते पनि साउदीवाट फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा पनि मंकीपक्स सङ्क्रमण पुष्टि भएको थियो ।यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।

    के हो मंक्सीपक्स ? र वच्ने उपायहरु 
    मंकीपक्स बिफर रोग संक्रमण गर्ने अर्थोपोभाइरस प्रजातिका भाइरसबाट जनावरमार्फत् मानिसमा सर्ने सरुवा रोग हो। यो रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा संक्रमण हुन्छ। यो रोग त्यति गम्भीर नभए पनि निको भएपछि छालामा दाग भने देखिन्छ। मंकीपक्सबाट १० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुनसक्छ।
    वर्तमान अवस्था 
    मंकीपक्स सन् १९५८ मा बाँदरको खोरमा देखिएको थियो। यो भाइरस खासगरेर मध्य र पश्चिमी अफ्रिकाका सिमसार क्षेत्रमा दखिन्छ, त्यसपछि अन्य क्षेत्र वा मुलुकतिर फैलिन्छ। हाल विश्वका करिब ८९ देशमा फैलिएको छ भने यसबाट आजसम्म करिब २२ हजार व्यक्ति संक्रमित भएका छन् भने आजसम्म ५ जनाभन्दा बढीको मृत्युसमेत भइसकेको छ। सन् १९७० मा अफ्रिकाका ९ महिनासम्मका बालबालिका, गर्भवतीमा यो रोग संक्रमित भएको थियो।हालै नेपालमा पनि एकजनामा सक्रमण पुष्टि भएको छ।
    सर्ने तरीका
    मंकीपक्सभाइरस छालामा आएका घाउ खटिरा, श्वासप्रश्वास नली तथा झिल्लीबाट शरीरभित्र प्रवेश गर्छ। यसरी प्रवेश गरेको भाइरसद्धारा संक्रमित मानिस र बाँदर, लोखर्के, मुसा, न्याउरी मुसाजस्ता जंगली जनावरको श्वास–प्रश्वास नली, आँखा, थुक, सिंगान, र्याल तथा संक्रमितले प्रयोग गरेका सरसामानबाट सर्दछ। मंकीपक्स भाइरसद्धारा संक्रमित जनावर मानिसको सम्पर्कमा आएका व्यक्ति संक्रमित हुन सक्छन्।छाला–छाला, मुख–मुख, यौन सम्पर्कमा मुख–छालाजस्तो एकदमै शारीरिक सम्पर्कभएमा मानिसबाट मानिसमा पनि सर्न सक्छ।

    मंकीपक्स संक्रमणको जोखिम
    शंकास्पद जनावरको सिधा सम्पर्क भएका मानिसलाई संक्रमणको जोखिम हुन्छ।
    नेपालमा एकजनामा संक्रमण पुष्टि भएकोले महामारी हुने जोखिम मान्नुपर्छ।
     मुसालगायत अन्य जनावरको वासस्थानको रुपमा रहने स्वास्थ्यजन्य फोहरलाई प्रभावकारी किसिमले विसर्जन नगरिएमा यस्ता प्राणीद्धारा संक्रमण हुने जोखिम बढी हुन्छ।
        शंकास्पद संक्रमित मानिस तथा मुसा, विराला, कुकुर, गाई, भैंसीजस्ता घरपालुवा जनावरसंग सम्पर्क÷संसर्ग गरेमा संक्रमणको जोखिम हुन्छ।
       मध्य तथा पश्चिमी अफ्रिकी क्षेत्रभित्र वा बाहिर भ्रमण गर्ने मानिस, स्वास्थ्यकर्मीर समलिंगीहरु जोखिममा पर्दछन्।

    चिन्ह, लक्षणहरु
    तलका चिन्ह र लक्षण देखिएमा मंकीपक्स संक्रमण भएको शंका गर्न सकिन्छ
       ज्वरो आउनु।
       टाउको दुःख्नु।
       शरीर सुन्निनु।
       मांसपेशी र कम्मर दुख्नु।
      पहिले हात र अनुहारमा ठेउलाजस्ता पीप भरिएका फोका आउनु र हात तथा गोडामा फैलिनु।
      सुरुका केही दिनमा चिलाउनु।
      लिम्फ ग्रन्थीहरु सुन्निनु।
     दुईदेखि तीन हप्तासम्ममा प्रभावित भागमा दाग देखिनु।
    रोकथामका उपायस्मंकीपक्स रोकथाम गर्न निम्न उपाय प्रभावकारी हुन्छन् 
       संक्रमितलाई २१ दिनसम्म अलग्गै राख्ने।
      संक्रमित जन्तुको सम्पर्कमा नजाने, त्यस्ता जन्तुले चिथोर्न र टोकाइबाट बच्ने।
      संक्रमित व्यक्तिका सरसामान प्रयोग नगर्ने।
      संक्रमित व्यक्तिका सरसामान प्रयोग नगर्ने।
       कुनै वस्तु छुनासाथ सावुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिचि हात धुने।
       संक्रमित मानिस वा जनावरको हेरचाह गर्दा व्यक्तिगत सुरक्षा सामग्री लगाउने।
       शिशुलाई बि।सि।जी। खोप लगाउन नछुटाउने। मंकीपक्स रोकथामका लागि ८५ प्रतिशत प्रभावकारी   
    मंकीपक्स भ्याक्सिन निर्माणको क्रममा भएकोले उपलब्ध हुनासाथ लगाउने।
     बाँदर, लोखर्के, मुसा आदि संगली जनावरको सम्पर्कबाट टाढा रहने।
     छाला–छाला, मुख–छाला, मुख–मुख तथा समलिंगीसंग यौनसम्पर्क नगर्ने।
     मंकीपक्स भाइरस मानिस तथा जनावरमा संक्रमणको जोखिम न्युन गर्न जनस्वास्थ्य र पशुस्वास्थ्यबीच सहकार्य अन्यन्त महत्वपूर्ण हुन्छ। यसो गर्दा घर, चिडियाखाना तथा वन्यजन्तु संरक्षणका माध्यमबाट मानिसबाट शंकास्पद जनावरमा सर्नबाट बचाउन सकिन्छ।
      मुसालगायत अन्य जनावरको वासस्थानको रुपमा रहने स्वास्थ्यजन्य फोहरलाई प्रभावकारी किसिमले विसर्जन गरिएमा यस्ता प्राणीद्धारा संक्रमण हुने जोखिम न्यून हुन्छ।
      शंकास्पद संक्रमित मानिस तथा मुसा, विराला, कुकुर, गाई, भैंसीजस्ता घरपालुवा जनावरलाई सम्पर्कमा आउन नदिएमा पनि संक्रमणको जोखिम न्यूनिकरण गर्न सकिन्छ।
    उपचार भाइरसबाट सर्ने हुनाले मंकीपक्सको खास उपचार छैन। चिन्ह र लक्षण अनुसार संक्रमितलाई व्यवस्थापन गरिन्छ। संक्रमणको गाम्भिर्यताका आधारमा मात्र भाइरसप्रतिरोधी औषधि दिइन्छ।
    स्वास्थ्य प्रवर्द्धन
    १. बाहिरबाट नेपाल आउनेलाई मंकीपक्स परीक्षण गर्नुपर्छ। रोग फैलिएको मध्य र पश्चिमी अफ्रिका नैरोबी  मा वा त्यहाँबाट भ्रमण गर्ने व्यक्तिहरुले यसको परीक्षण  गराउनुपर्छ।
    २मुसा, बिराला, कुकुरजस्ता घरपालुवा जन्तुलाई हेरचाह गर्दा, खेलाउँनासाथ सावुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिचि हात धुनुपर्छ।
    ३  अज्ञात कारणबाट मृत्यु भएका जनावरलाई छुनु हुदैन।
    ४  कुनै पनि विरामी जन्तु भेटिएमा यथाशिघ्र पशुस्वास्थ्य संस्थामा खबर गरिहाल्नुपर्छ।
    ५  काँचो मासु, राम्ररी नपकाएको र सेकुवाजस्तो राम्ररी नपाकेको मासु खानुहुँदैन।
    ६  बिफरविरुद्धको खोप मंकीपक्समा ८५ प्रतिशत प्रभावकारी भएकोले जन्मनासाथ शिशुलाई सकेसम्म चाँडो बिसीजी खोप लगाउनुपर्छ। साथै मंकीपक्स खोप अभियानबारे सरकारसंग बहसपैरबी चलाउनुपर्छ।
    ७  मंकीपक्स संक्रमणको शंका लाग्नासाथ वा टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, चिलाएको केही दिनमै हातमा पीप भरिएका विफरजस्ता बिमिरा आएर गोडातिर फैलिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराइहाल्नु पर्छ।
    ८ मंकीपक्सबारे समुदायस्तरसम्म चेतना अभिबद्धि गरिनुपर्छ। कुनै वस्तु छुनासाथ र खाना खानु अघि सावुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिचि हात धुने र शंकास्पद विरामीसंग सम्पर्क गर्दा डबल मास्क लगाउने बानी गर्नुपर्छ। 
    ९  शिक्षालय, स्वास्थ्य संस्था, पशु स्वास्थ्य संस्था, स्थानीय सरकारका अन्य निकायसंगको समन्वय र सहकार्य गरी मंकीपक्स भाइरस संक्रमण हुनबाट बचाउनु पर्छ।
    १० स्वास्थ्य सन्देशमार्फत जनचेतना अभिबद्धि तथा मङ्किपक्स भाइरस रोकथाम अभियानमा महिला स्वास्थ्य स्वयम् सेविकालगायत समुदायस्तरका प्रतिनिधिलाई परिचालन गनुपर्छ रखोपकार्यमा सघाउनु पर्छ।
    ११  शंकास्पद संक्रमितको मङ्किपक्स निदान गर्न छाला नमुना एवम् रगतको  कल्चर परीक्षण गराउनु पर्छ।
    १२  स्वस्थकर जीवनशैली अपनाउन र घरमै तयार गरिएको ताजा र पोषिलो खानेकुरा, व्यक्तिगत एवम् वातावरणीय सरसफाई गर्ने बानी बसाल्नु पर्छ।
    १३  हवाइ यात्राबाट आउने सवैलाई हवाइमैदान र अन्यलाई सीमामै मंकीपक्सको परीक्षण गर्नुपर्छ र शंकास्पद संक्रमितलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ।
    १४  संक्रमितलाई तुरुन्तै अस्पतालमा उपचार÷व्यवस्थापन गरिनु पर्छ। र बिमिराका खाटा नबसेसम्म घरपरिवारमा पठाउनु हुँदैन।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend