२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौँ- अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।  कार्टर फाउन्डेसनले जनाए अनुसार आईतवार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा कार्टरको निधन भएको हो।
    सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । 
    यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए।
    कार्टर सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार जिमी कार्टर आइतबार जर्जियामा रहेको उनको घरमा परिवारकाबीच बितेका हुन्।
    आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए।
    मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend