२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • कञ्चनपुर-कञ्चनपुर डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
    जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका–१ घण्टेश्वरमा ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परेर मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुरका ३० वर्षीय विशाल चौधरी छन्।
    भीमदत्त राजमार्गअन्तर्गत साहुखर्कबाट गैरातर्फ आउँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नालीमा पल्टिँदा चालक चौधरी च्यापिएका थिए।
    प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend