मोरङ- जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको मृत्यु भएको छ ।
जंगलमा सोमबार घाँस दाउरा लिन गएकी लिम्वु राति अबेरसम्म घर नफर्किएपछि स्थानीयबासीले मंगलबार खोज्दै जाँदा खोल्सीको किनारमा मृत फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव पोस्टमार्टमका लागि अस्पताल पठाईएको वताए । यस अघि पुस ५ गते सोही नगरपालिका ७ कि ४० वर्षीया गङ्गामाया मगर श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।