२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

सहकारी ठगी प्रकरणमा लामिछानेसहितका अभियुक्त विरुद्ध थुनछेक बहस

सहकारी ठगी प्रकरणमा लामिछानेसहितका अभियुक्त विरुद्ध थुनछेक बहस

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • पोखरा-सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।
    गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधिश नीतिज राईको इजलासमा जारी रहेको छ।
    लामिछाने कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ।
    लामिछाने र छविलाल जोशीसहित सूर्यदर्शनका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र नेचर हर्बस् इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङको कास्की जिल्ला अदालतमा बयान सकिएको छ।
    लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा यही पुस ७ गते मुद्दा दायर भएको थियो।।

    यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङसँग अदालतले बयान लिएको थियो। 
    पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा विभिन्न संस्थासमेत जम्मा ४४ प्रतिवादी छन्, जसमध्ये ३१ प्रतिवादी व्यक्ति छन्। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। 
    प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत  अभियोगपत्र दायर गरिएको छ।
    सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend